भारतीय सीमा नजिक भेटियो नेहारिकाको शव

राजेन्द्र गौतम झापा, संवाददाता
राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 2 mins

झापा । नेपाल-भारत सीमा भएर बग्ने जमुना खोलाले दुई दिनअघि बगाएर बेपत्ता भएकी झापा कचनकवल गाउँपालिका-१ झकुवाटोलीकी १४ वर्षीया किशोरी नेहारिका राजवंशी शव अहिले केहीबेर अघि फेला परेको छ ।

भारतमा रहेकी सानिमाको घरबाट आफ्नो घर फर्कने क्रममा शुक्रबार दिउँसो नेहारिका चमारभिट्टा पुल छेउबाट साइकलसहित बगेर बेपत्ता भएकी थिएन् । उनी स्थानीय पंचु राजवंशीकी छोरी हुन् । उनले प्रयोग गरेको साइकल घटनास्थल नजिक फेलापरेको थियो ।

साइकल भेटिएपछि उनको खोजी तीव्र पारिएको र घटनास्थल भन्दा करिब दुई किलोमिटर पूर्वदक्षिण धान खेत नजिक नेहारिकाको शव भेटिएको गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो ।

ADVERTISEMENT

शव भेटिएको स्थान अफ्ट्यारो भएकोले आफू त्यहाँ हिँडेर पुगेको उपाध्यक्ष भट्टराईले बताउनुभयो । शव भेटिएको स्थान सोनामुनी नेपाल - भारत सीमाको नजिक पर्छ। सो स्थान भारतीय सीमाबाट करिब १ किलोमिटर उत्तर साविक घेराबारी-९ को मित्तल चिया बगान नजिक भएको उपाध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

घटनास्थलमा अहिले गाउँपालिका अध्यक्ष कालिन्द्रप्रसाद सिंह राजवंशीसहितको टोली जाँदै छ । सो टोली पुग्नासाथ शव उठाइने र कानुनी प्रक्रियाका लागि पठाइने उपाध्यक्ष भट्टराईको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?