इलाम बजार आईपुगेका अधिकांश नागरिक शौच गर्न पुग्छन इलाम अस्पताल

हिमालय टाइम्स कालिकोट, संवाददाता
Ilam Hospital
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

इलाम । इलाम सदरमुकाम इलाम बजार आईपुगेका अधिकांश नागरिक शौच गर्न इलाम अस्पताल छिर्छन भन्ने कुरा सुन्दा अचम्म लाग्ला तर यो यर्थाथ हो । बजारमा किनमेलका लागि आउने होस त घुम्न या कार्यालयको काममा आईपुग्ने होस । बिगत लामो समयदेखि सबैको शौच गर्ने स्थान भनेको इलाम अस्पताल बन्ने गरेको छ ।

सदरमुकामको बजारमा पर्याप्त मात्रामा सार्वजनिक शौचालय नभएको र भएका सार्वजनिक शौचालय पनि अपायक स्थानमा हुँदा इलाम बजार पुग्ने नागरिक शौच गर्न समस्यामा पर्ने गरेका हुन् । लामो सयमदेखि इलाम अस्पतालमा सेवा दिँदै आएका अस्पतालका इमरजेन्सी वार्डका प्रमुख टीका लुईटेल भन्नुहुन्छ, ‘इलाम बजारमा आउने अधिकांश नागरिक शौचालयको खोजीमा इलाम अस्पताल आउने गरेका छन् । बिरामी र बिरामीका कुरुवाका लागि मात्र प्रयोगमा ल्याईएको शौचालय सार्वजनिक सौचालयको रुपमा प्रयोग भईरहेको छ । यसले गर्दा सरसफाइमा समस्या भएको छ । अस्पतालमा आउने सेवाग्राहीका लागि रहेको शौचालय बजारमा सब्जी बेच्ने, किन्नेको र बजार घुम्न आउनेको भिड लाग्ने गरेको हुन्छ यस्ले गर्दा अस्पतालको सेवा प्रभाहमा समेत असर पुग्न थालेको छ ।’

यता इलाम अस्पतालमा कम्पाउड घेरा बारा नभएकाले पनि यो समस्या भएको देखिएको स्थानियको भनाई छ । अस्पताल नजिकै सब्जी बजार रहेको र त्यहाँ पुग्ने ब्यापारी र उपभोक्ता सबैका लागि सहज त्यही अस्पताको शौचालय देखिन्छ ।

उता इलाम नगरपालिकाका सुचना अधिकारी बबुल भक्तराजलाई सार्वजनिक शौचालयको बिषयमा प्रश्न राख्दा इलाम बजारमा शौचालयको अभाव रहेको स्विकार गर्नुभएको छ । उहाँले भन्नुभयो, “आफु समेतले इलाम अस्पताल पुग्दा शौचालय अगाडी बिरामीले मात्र शौचालय प्रयोग गर्नुहोला लेखेको देखेको भएपनि सबैले प्रयोग गरिरहेको देखेको छु । यो एउटा पाटो बाट हेर्दा बाध्यता पनि हो भने अर्को अस्पतालको पाटो बाट हेर्दा समस्या हो । इलााम बजारमा पर्याप्त सार्वजनिक शौचालय छैनन् तर यसो भन्दै गर्दा अस्पताका सेवाग्राहीलाई नै असर पुग्नेगरि बाहिरका मानिस जानु चाहीँ नहुने हो, यसलाई इलाम नगरपालिकाले गभिरतापुर्वक लिएको छ ।”

ADVERTISEMENT

अहिले इलाम बजारमा सार्वजनिक शौचालय पर्याप्त नहुँदा सदरमुकाम पुग्ने जो कोही नागरिक बडो सकसमा पर्छन । बजारमा दिसा-पिसाबले च्यापेकाहरू केही नजिकैका होटल, खाजाघर छिरेर भोक नलागे पनि खानेकुरा खान बाध्य भई शौचालय प्रयोग गर्दछन् ।

शौचालयको पहुँचबाट कोही पनि वञ्चित हुन नपरो भनेर बेलाबेला बिभिन्न कार्यक्रम समेत आयोजना गरीने गरेको पाईन्छ । इनपा-७ का वडाध्यक्ष नरेश श्रेष्ठले ट्याक्सी स्टेण्ड छेउमा सार्वजनिक शौचालय रहेको भए पनि पर्याप्त नभएको स्विकार गर्नुभयो । ‘इलाम वजारमा रहेका होटलका शौचालयहरुलाई नै प्रयोग गर्ने प्रावधान मिलाउदै छौं,’ उहाँले भन्नुभयो, ‘त्यस्ता होटलमा साताको एक दिन सफाई कर्मचारी पठाउने साथै सेफ्टीटेंकी भरिएपछि निशुल्क खाली गर्ने व्यवस्था मिलाउने गृहकार्य भईरहेको छ ।’

स्वच्छ खानेपानी र सरसफाइ संविधानको मौलिक अधिकार भित्र रहेको छ । तर संविधान प्रदत्त अधिकार कार्यान्वयनमा खासै देखिएको छैन । विश्व स्वास्थ्य सङ्गठनका अनुसार शहरी क्षेत्रमा ३०० मिटरको अन्तरालमा सार्वजनिक शौचालय हुनुपर्ने प्रावधान रहेको छ । तर प्रावधानको कार्यान्वयन त परै जावोस् भएका पनि ब्यवस्थित छैनन् । यसैले यस तर्फ सम्बन्धित निकायको चाडो ध्यान जान जरुरी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *