इलाममा सवारी दुर्घटना न्यूनीकरणको लागि यातायात कार्यालय र ट्राफिक प्रहरीले सक्रियता बढाउदै

प्रकाश नेपाल इलाम, संवाददाता
प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 3 mins

इलाम । इलाममा सवारी दुर्घटना न्यूनीकरणको लागि यातायात व्यवस्था सेवा कार्यालय इलाम र जिल्ला ट्राफिक प्रहरी कार्यालयल इलामले सक्रियता बढाएको छ । सोमबार यी दुइ कार्यालयले संयुक्त रुपमा जिल्लाबाट चल्ने छोटो तथा लामो दुरीको सवारी साधनको चेकिङ गरेको हो । चेकिङमा सवारी साधनको सम्पूर्ण अवस्थाको चेकजाँच गरिएको थियो ।

अनुगमनमा यातायात व्यवस्था तथा ट्राफिक नियम सम्बन्धि दर्ता, ब्लुबुक नविकरण, बीमा, लाईसेन्स, ओभर लोड, सिट बेल्ट, क्षमता भन्दा बढी यात्रु बोकेको जस्ता सवारीहरुलाई चेक जाँच गरिएको यातायात व्यवस्था सेवा कार्यालय इलामका प्रमुख खगेन्द्र मैनालीले बताउनुभयो ।

अनुगमनको क्रममा चालकहरुलाई दुर्घटनाबारे सचेत समेत गराईएको जानकारी दिँदै मैनालीले भन्नुभयो, ‘चाडबाडका बेला बढी भाडा असुल्ने सवारी, क्षमताभन्दा बढी यात्रु चढाउने सवारीलाई निगरानीमा राखिएको छ । सवारी चालकलाई जिम्मेवार बनाउन, दुर्घटना न्यूनीकरण गर्न र सभ्य समाजको निर्माण गर्ने हाम्रो अभियान हो ।’

ADVERTISEMENT

यता संयुक्त चेकिङमा चालकहरुले सवारी निति नियम मिचेर हिडिरेको अवस्थामा फेलापरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका प्रमुख डम्बर दियालीले बताउनुभयो । उहाँका अनुसार सवारी तथा ट्राफिक नियम विपरित बिभिन्न गल्ती गरी सडकमा गुड्ने सवारीहरु कार्वाहीमा परेको समेत बताउनुभयो ।

संयुक्त चेकिङ जिल्लामा विभिन्न समयमा हुँदै आएको छ । पछिल्ला दिनमा तीन पाङग्रे सवारी साधन र राजमार्गमा तिब्र गतिमा चल्ने मोटरसाइकलको लापरबाहीका कारण पनि राजमार्गमा दुर्घटना बढेको प्रहरीको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *