-सराेज निराैला
उदयपुर । उदयपुरको गाईघाट स्थित पुर्व-पश्चिम बरुवा वसपार्कमा रहेको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा त्रियुगा नगरपालिका ११ का रबिन राईको सात वर्षिय छोरा रिचेश राई रहेकाहुन् । पौडी खेल्न गएको अवस्थामा रिचेशको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रिचेश स्थानिय प्याराडाईज स्कुलमा कक्षा एकमा अध्यनरत थिए ।






