सीपमुलक तालिमले ब्यवसायीक बन्दै महिलाहरु

निरोज कोइराला भोजपुर, संवाददाता
Bhojpur nagarpalika
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । स्थानीय तहहरुले बिभिन्न सीपसँग महिलाहरुलाई जोड्न थालेपछि पहाडी जिल्ला भोजपुरका महिलाहरुमा पनि ब्यवसायीकरण सुरु भएको छ । भोजपुर नगरपालिकाले बार्षिकरुपमा सीप मुलक कार्यक्रमहरु संचालन गर्दे आई रहेको छ, उपप्रमुख निर्मला शेर्पाले भन्नुभयो । उपप्रमुख शेर्पाले भन्नुभयो, “धैरे जसो कार्यक्रममा सहभागि हुने गरिएको छ, नगर र वडा तहमा संचालन भएका सीपमुलक तालिमले महिलाहरुलाई सक्षम मात्र होइन ब्यवसायीक पनि बनाएको छ ।”

भोजपुरमा दुई नगरपालिका र सात वटा गाउँपालिकाहरु छन् । स्थानीय तहहरुले बार्षिकरुपमा महिलामुखी कार्यक्रमहरु समेत संचालन गर्न थालेपछि स्थानीय महिलाहरुमा पनि उत्साह थपिएको छ । फुर्सदको समयमा आयमूलक र आत्मनिर्भर बन्न भोजपुर नगरपालिकाका महिलाहरू सीपमूलक सिकाईमा ब्यस्त देखिएका छन् । भोजपुर नगरपालिका वडा नम्वर ८ पोखरेका दुई महिला अहिले सफल अटो ब्यवसायी बन्नु भएको छ ।

वडा कार्यालय मार्फत अटो चलाउने तालिममा सहभागि भएपछि लक्ष्मी तामाङ र चिजन प्रधान अहिले सफल ब्यवसायी बन्न सफल हुनु भएको वडाध्यक्ष नवीन प्रधानले बताउनुभयो । वडाध्यक्ष प्रधानले भन्नुभयो, “वडाले सहभागि गराएको तालिममा सहभागि दुई महिला अहिले अटो ब्यवसायी बन्नु भएको छ, जसका कारण घर ब्यवहार चलाउन उहाँहरुलाई थप मद्धत मिलेको छ ।” वडाले मार्फत सहभागि तालिमले अहिले आफुहरु पनि अटो ब्यवसायी बनेको ब्यवसायी तामाङको भनाई रहेको छ ।

यस्तै भोजपुर नगरपालिका वडा नम्वर ९, काफ्लेकी शर्मिला तामाङले एक महिने झोला बुनाई तालिम लिनु भएको छ । फुर्सदको समयमा सीप सिकेर ब्यवसायीक पसल संचालन गर्ने इच्छा तामाङले राख्नु भएको छ । “झोला सिलाउने सीपले केही गर्ने हौसला मिलेको छ, अब यो जानेको सीप ब्यवहारमा प्रयोग गर्छु ।” शर्मिलाले भन्नुभयो । आफ्ना फुर्सदिलो समयको सदुपयोग गर्दै आयआर्जनमा लाग्ने महिलाको सीप विकासका सिकाईमा आकर्षण बढ्दै गएको हो ।

ADVERTISEMENT

तालिममा सिकेको ज्ञानलाई सहभागिहरुले प्रयोगमा ल्याउन सकेका घरमै बसीबसी राम्रो आम्दानी हान पार्न सकिने सहजकर्ता दालकी शेर्पाले बताउनुभयो । नगरका महिला तथा लक्षित वर्गलाई व्यावसायिक क्षेत्रमा जोड्न र आत्मनिर्भर बनाउने मुख्य लक्ष्यका साथ संचालन भएको सीप विकास तालिमका सहभागी २१ जनालाई आठ लाख रुपैयाँबराबरको आवश्यक सिलाई बुनाई मेसिन पनि नगरपालिकाले सहयोग गरेको थियो ।

महिला सशक्तीकरण र आयमूलक क्षेत्रमा लाग्नका लागि यस्ता नगर स्तरमा संचालन हुने तालिमहरुले सहजता थपेको भोजपुर नगरपालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत मुकुन्द राईले बताउनुभयो । ‘ब्यवसायी र उद्यमशीलतामा महिला दिदीबहिनीलाई जोड्ने किसिमका अन्य क्षमता विकासका कार्यक्रमहरु नगरले आगामी दिनहरुमा पनि संचालन गर्छ ।’राईले भन्नुभयो ।

नगरस्तरमा संचालन हुने यस्ता कार्यक्रमहरुले महिलाहरुमा समेत थप उत्साह जगाएको स्थानीय रेनुका भुजेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *