झापा । सर्पको डसाइबाट झापामा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका-८ निन्दा बाँध नजिक शान्तिटोलका १८ वर्षीय आशिष राजवंशी छन् ।
उनलाई गएराति घरमा सुतेकै ठाउँमा सर्पले डसेको काँकडभिट्टा प्रहरीले जनाएको छ । सर्पदंश उपचार केन्द्र चारआली लगिए पनि उनलाई बचाउन असम्भव भएको जनाइएको छ ।
राजवंशीलाई राति सर्पले डसेका कारण उपचारका लागि लान केही ढिलो भएको स्थानीयबासी नारायण गिरीले बताउनुभयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts