प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

झापा । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा रहेका एक थुनुवाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका-७ पालिया का  २८ वर्षीय झकबहादुर खड्का रहेका छन् ।

खड्का चार दिन अघि लागू औषधसहित मेचीनगर-६ बाट पक्राउ परेका थिए । उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इप्रका काँकडभिट्टाको हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको थियो । मङ्गलबार राति १ः४० बजे स्वास्थ्यमा समस्या आएपछि खड्कालाई उपचारका लागि धुलाबारीस्थित आम्दा अस्पताल पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिनुभयो । खड्काको उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।

ADVERTISEMENT

यसैगरी प्रादेशिक अस्पताल भद्रपुरका कर्मचारी आज अस्पतालमै मृत भेटिएका छन् । अस्पतालको स्वास्थ्य बीमा दाबी गर्ने शाखामा करारमा कार्यरत स्वास्थ्य सहायक २४ वर्षीय सुरज शर्मा अस्पतालभित्रै झुन्डिएको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *