सडक स्तरोन्नति भएपछि स्थानीयमा उत्साह

निरोज कोइराला भोजपुर, संवाददाता
Sadak Bhojpur
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । भोजपुर नगरपालिका वडा नम्वर ९ काफ्ले हुँदै १० नम्वर वडा भैसिपंखा जोडने काफ्ले-महभिर-खुरिला-मिलन चौक सडक स्तरोन्नत्तीको काम भए पछि स्थानीयवासीमा उत्साह देखिएको छ ।

आर्थिक बर्ष २०८०/०८१ को शहरी बिकास मन्त्रालय मार्फत बिनियोजित बजेटबाट ग्रामीण सडकको स्तारोन्नत्ती गरिएको हो । स्थानीयवासी तथा कांग्रेस भोजपुरका सचिव चक्रवहादुर कार्कीको पहलमा एक करोड १० लाखको लागतमा सडकको निर्माण कार्य भएपछि आफुहरुलाई पनि आवत जावतमा सहज भएको स्थानीय सविना राईले बताउनुभयो ।

निर्माण ब्यवसायी र उपभोक्ता समिति मार्फत सडकको निर्माण कार्य भएको छ । काफ्ले-महभिर-खुरिला देखि नोरपायासम्म सविन निर्माण सेवा मार्फत ८० लाखको लागतमा सडक स्तरोन्नत्ती भएको हो भने उपभोक्ता समिति मार्फत ३० लाख बरावरको लागतमा मिलन चोक देखि असिनेसम्मको सडक निर्माण भएको भोजपुर नगरपालिका वडा नम्वर १० का वडाध्यक्ष सुबिन राईले बताउनुभयो । वडाध्यक्ष राईका अनुसार सडकलाई चौडा गर्ने, खोला क्षेत्रमा कजवे निर्माण, सोलिङ, ढलान, वाल लगाउनेलगायका कार्यहरु गरिएको छ ।

ADVERTISEMENT

सडकअन्तर्गत मिलन चोक क्षेत्रबाट करिव दुई सय किलोमिटर सडक ढलान भएको छ । यस्तै महभिर खोला, काल्चे खोला, खुरिला खोला साछिम खोलालगायतका क्षेत्रमा कजवे समेत निर्माण गरिएको छ । साँघुरो तथा सानो सडकका कारण समस्या हुने गरेको अवस्थामा अव भने सवारीका साधनहरु सहजरुपमा संचालन हुने गरी सडक बनेपछि आफुहरुलाई पनि उत्साह भएको स्थानीय ज्ञानबहादुर राईले बताउनुभयो । ग्रामिण सडक निर्माणले कृषि व्यापार गर्न पनि सहज भएको राईको भनाई रहेको छ ।

ट्याक्टर, मोटरसाइकलहरु समेत सहजरुपमा नचल्ने अवस्थामा रहेको सडक ब्यक्तिको पहलमा स्तारोन्नत्ती हुनु स्थानीयहरुको लागि गौरवको बिषय भएको स्थानीय लक्ष्मी राईले बताउनुभयो । राईले भन्नुभयो, “नाम्लो र डोकोको भरमा स्थानीय स्तरमा उत्पादित सामाग्रीहरु हाट बजारसम्म पुर्याउनु पर्ने अवस्थामा अव सडक बनेपछि सहज भएको छ ।”

स्थानीय स्तरका जनताहरुको सडकमा पहुँच पुर्याउन आफुले पहल गरेको बताउँदै स्थानीय तथा कांग्रेस भोजपुर सचिव कार्कीले आगामी दिनमा पनि सडक बिस्तार र सुधारका लागि पहल गरि रहने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *