भोजपुर । कोशी प्रदेशको पहाडी जिल्ला भोजपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।
जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकागरी नौ वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि जिल्ला खोप समन्वय समिति तथा स्वास्थ्य कार्यालयको आयोजनामा शुक्रवार जिल्लालाई औपचारिकरूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईले जिल्लालाई औपचारिकरुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नु भएको छ ।
जन्मिएदेखि १५ महिनासम्मका बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै १३ किसिमका खोप लगाएको पाइपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएकोस्वास्थ्य कार्यालयका प्रमुख राजु कुमार श्रेष्ठले बताउनुभयो । प्रमुख श्रेष्ठले भन्नुभयोे, ‘आगामी दिनमा पनि सबै बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै प्रकारका खोप दिलाउन सबैको उत्तिकै भूमिका हुन्छ, सबैको समन्वय र सहकार्यमा पूर्ण खोप कार्यक्रमलाई सफल बनाउनुपर्छ ।’
आगामी दिनमा पनि निरन्तरता दिदै खोप लगाउनबाट कोही पनि बञ्चित हुन नहुने बताउँदै जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख राईले महिला स्वास्थ्य स्वयम सेबिका र स्वास्थ्यर्कीले पुण्यको काम गरेको बताउनुभयो । प्रमुख राईले भन्नुभयो, पहिलो चरणमा गाली खाने महिला स्वास्थ्य स्वयम सेबिका भएकाले उहाँहरुले पूर्ण खोप घोषणाका लागि पुण्यको काम गर्नु भएको छ ।”
सोक्रममा बोल्नु हुदै प्रमुख जिल्ला अधिकारी नर बहादुर थापा, रामप्रसाद राई गाउँपालिका उपाध्यक्ष बीरेन्द्र राई, हतुवागढी गाउँपालिका स्वास्थ्य शाखाका मातृका आचार्य, स्वयम सेविका सुमित्रा महतले खोप लगाउनबाट बालबालिकाहरुलाई बञ्चित गर्न नहुने बताउँदै त्यसका लागि आआफनो क्षेत्रबाट सवैले भुमिका निर्वाह गर्न जरुरी रहेको बताउनु भएको छ ।
सो अवसरमा जिल्लाका नौ वटै स्थानीय तहहरुलाई प्रमाण पत्र समेत बितरण गरिएको छ । प्रदेश भित्रका १४ जिल्लाहरु मध्ये भोजपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छैटो जिल्ला भएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements