इलाम । इलाममा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । सोमबार बिहान अविरल बर्षा संगै परेको चट्याङले इलाम नगरपालिका-९ गोलाखर्क भञ्ज्याङ्का ३६ वर्षीय सुनिल गोले गम्भीर घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय इलामकाअनुसार चट्याङ लागेर गम्भीर घाइते भएका गोलेको उद्धार गरी उपचारका लागि सदरमुकाम इलाम बजारको इलाम अस्पताल पुर्याएपछी चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।
गोलेलाई बिहान आफ्नै घरको भान्सा कोठामा काम गरिरहेको बेला चट्याङ लागेको प्रहरीले जानकारी दिएको छ ।
इलाममा केहिदिन देखि निरन्तर मेगगर्जन सहित बर्षा भइरहेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts