‘मन पगालो तम्रै मायाले’ सार्वजनिक

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । गायिका देविका वन्दना र बाबुल गिरीको स्वर रहेको गीत ‘मन पगालो तम्रै मायाले’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक विशेष सामारोहबीच गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गोविन्द भट्टको शब्द, धनबहादुर गिरीको सङ्गीत एवम् सङ्गीत संयोजन रहेको गीतमा शुसिल विक्रम शाहको माष्टरिङ र रेकडिङ छ । कविराज गहतराजको निर्देशन रहेको गीतको भिडियोमा दीपाश्री निरौला, यमन श्रेष्ठ, मेक्सम गौडेल र सुमन कार्कीलाई फिचरिङ गरिएको छ । दुर्गा पौडेलको डिओपी रहेको भिडयोमा तेजु वाइबाको श्रृङ्गार, गीता श्रेष्ठको हेयर र मित्र डी गुरुङको सम्पादन छ ।

ADVERTISEMENT

गीत सार्वजनिक समारोहमा अनुराधा कोइराला, मिरा राणा, उषा शेरचन, दिनेश डिसी, निर्मल शर्मा, हेम सुवेदीलगायतको आतिथ्यता रहेको थियो । अतिथीहरूले गीत जति राम्रो छ भिडियो पनि त्यतिकै उत्कृष्ट रहेको भन्दै बधाई तथा शुभकामना दिएका थिए । १६ बढी एल्बम ल्याउनुभएकी देविकाले भजन, फिल्म, आधुनिक, हिन्दी, मैथली, भोजपुरी, नेवारीसमेत गरेर एक हजारभन्दा बढी गीत गाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *