काठमाडौं । म्युजिक खबर अवार्डको १२औँ संस्करणका लागि आवेदन खुला भएको छ । आयोजकले एक विज्ञप्ति जारी गर्दै नयाँ संस्करणका लागि आवेदन खुला भएको जनाएको हो ।
विसं २०६९ सालबाट निरन्तररूपमा आयोजना हुँदै आएको यो अवार्डको १२औँ संस्करणका लागि स्रष्टा कलाकारहरूले आफ्नो सिर्जना सहभागी गराउन सक्नेछन् । अवार्डमा राष्ट्रिय भाव, चलचित्र, आधुनिक, लोकदोहोरी, पप र कल्चरल गीत गरेर विभिन्न ३८ विधामा अवार्ड प्रदान गरिनेछ ।
‘स्तरीय एवं मौलिक संगीतको धार नेपाली गीत संगीतकार आधार’ भन्ने मूल नारा लिएर आयोजना गरिँदै आइएको यस अवार्डलाई शुभकामना मिडिया सोलुसनले आयोजना गर्दै आएको छ । म्युजिक खबरको प्रस्तुतिमा रहेको यस अवार्डमा म्युजिक खबर फाउण्डेसनले सहकार्य गर्दै आएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता