काठमाडौं । दीपक लामा र सुमिना लोलेको स्वरमा रहेको सेलो गीत ‘ल्होछार मेला’ सार्वजनिक भएको छ । ल्होछार पर्वको महत्व दर्शाउने तामाङ लयको यो गीतमा छेवाङ डी स्याङ्बोको शब्द तथा संगीत छ भने जोगलाल लामाको एरेञ्ज छ । वर्ष दिनमा मनाइने ल्होछार पर्व हाँसीखुसीले मनाउनुपर्छ भन्ने सन्देश दिने भावको गीत मिनसेङ रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
ल्होछार पर्वलाई सांस्कृतिक पर्वको रूपमा पनि मानिने भएकाले तामाङ सेलो गीतप्रेमीलाई लक्षित गरी यो गीत सार्वजनिक गरिएको गायक लामाले बताउनुभयो । गीत ‘प्रेम लामा’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता