काठमाडौं । सञ्जय न्यौपानेको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ‘हारे हारे’ सार्वजनिक गरिएको छ । बुधबार अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको म्युजिक भिडियोमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र विशाल खरेल फिचर्ड हुनुहुन्छ । भिडियोमा साम्राज्ञी र विशाल रोमान्टिक अवतारमा प्रस्तुत हुनहुन्छ ।
यो भिडियो पनि थाइल्याण्डका रमणीय स्थानमा खिचिएको हो । यही टिमले यसअघि नेपालकै सार्वाधिक मंहगो दाबी गरिएको म्युजिक भिडियो ‘मालती’ निर्माण गरेको थियो ।
एलए स्टुडियो इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको म्युजिक भिडियोमा नेपाल आइडल सिजन-२ बाट चर्चामा आउनुभएका सुमित पाठक र ममता गुरुङको स्वर सुन्न सकिन्छ । गीतको शब्ल रचना, कम्पोज र एरेञ्ज गायक पाठक स्वंयमले गर्नुभएको हो । सौरभ लामाको डिओपी रहेको म्युजिक भिडियोलाई निर्देशक न्यौपाने र कमल खतिवडाले निर्माण गर्नुभएको हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts