काठमाडौं । म्युजिक भिडियो निर्देशनको क्षेत्रमा पृथक पहिचान बनाउन सफल केशवराज भट्टको व्यस्तताले निरन्तरता पाइरहेको छ । कामलाई कामकै रुपमा लिने उहाँले कहिले सानो ठूलो काम भन्नुभएनन् निरन्तर लागिरहेका कारण यो व्यस्तता बढेको हो ।
प्रायःबेफुर्सदिलो रहने केशवराजले सन् २०२४मा ‘एउटै चाहना, भेल, बिछोडको घाउ, पाउजु मेरो कोही त छ, तु लैला लागि रे, इस्कका आलाम जस्ता नेपाली र हिन्दी गीतसहित सयभन्दा बढी म्युजिक भिडियो निर्देशन गर्न सफल हुनुभएको छ । उहाँले २०२५ को सुरुमै ‘मायाँको डोरी, बाचाकसम, तिमीले हिँड्ने बाटो, चाहान्छु, भेल, फिमेल’ लगायतका गीतको भिडियो दर्शकमाझ आउने तयारीमा राखेका छन् ।
रसुवा जिल्लाको दुर्गम भेगको झण्डै ४२ हजार मिटर उचाइ रहेको क्याञ्जिङ रिसम्म पुगेर ‘मेरो जीवन, तिमी मेरोप्रित हौ, यस्तो माया दिउला तिमीलाई, टाढा हुनु छैनलगायत गीतको एकै समयमा भिडियो छायांकन गरेर साहसी निर्देशकको पहिचान बनाउन सफल केशवराजले वेष्ट म्युजिक भिडियो निर्देशक ‘नीम अवार्ड २०२४’ आफ्नो पक्षमा पार्नु भएको थियो भने छायाँछवि तीज म्युजिक अवार्ड २०२३ मा वेष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड उचाल्नुका साथै अन्य दर्जन बढी सम्मानबाट विभूषित भइसक्नु भएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts