भोजपुर नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

निरोज कोइराला भोजपुर, संवाददाता
Purna khop-Bhojpur Nagarpalika
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । १२ वटै वडाका बालकालिकालाई दिइने सम्पुर्ण खोप पुरा भए संगै पालिकालाई तेस्रो पालिकाकोरुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।

भोजपुर नगरपालिकाका पाँच बर्ष भन्दामुनिका एक हजार तीन सय ३४ बालकालिकालाई खोप लगाइएसंगै पालिकालाई एक कार्यक्रमका बीच पूर्ण खोप घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख मोहमद सफी रहमनले जानकारी दिनु भयो । कार्यक्रममा १२ जना स्वास्थ्य स्वयमसेविका तथा ११ वटा स्वास्थ्य संस्थालाई सम्मानसमेत गरिएको छ ।

ADVERTISEMENT

यसैबीच भोजपुर नगरपालिकामा स्थापना गरिएको स्तनपान कक्षको भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले उद्धघाटन गर्नु भएको छ । कार्यक्रममा नगरपालिकाका उपमेयर निर्मला शेर्पा, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, १२ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, नागरिक समाजका संयोजक पर्शुराम तिवारी, स्वास्थ्य कार्यालयका प्रमुख राजु श्रेष्ठ, उद्योग बाणिज्य संघका उपाध्यक्ष प्रविण सुवाल, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयमसेविकालगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *