इलाम २ मा १६ प्रतिशत मत खस्यो

प्रकाश नेपाल इलाम, संवाददाता
प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 1 min

इलाम । इलाम निर्वाचन क्षेत्र-२ मा केहिबेर अघि सम्मा १६ प्रतिशत मत खसेको छ । १ लाख १५ हजार ८ सय ८७ मतदाता संख्या रहेको इलाममा केहि बेर अघि सम्ममा १८ हजार ४ सय ३४ मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरे बिहान भन्दा दिउसो मतदान गर्नेको संख्या बढदै गएको जानकारी दिनु भयो । एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भैरहेको स्थानीय प्रसाशनले जनाएको छ ।

ADVERTISEMENT

इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सबै केन्द्रमा हाल सम्म शान्तिपूर्ण रुपमा मतदान भैरहेको जानकारी दिनु भयो । ६ पालिकाका ४२ वटा वडामा मतदान भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *