गणतन्त्र पक्षधरले गरे सहिद सुरज विश्वासको स्मरण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

-राजेन्द्र गाैतम

झापा । सहिद सुरज विश्वासले गणतन्त्र स्थापनामा पुर्‍याएको योगदानको अग्रगमन पक्षधर झापालीले मुक्तकण्ठले स्मरण गरेका छन् ।

गणतन्त्र पक्षधर झापालेले १८ औँ स्मृति दिवसमा सुरजको स्मरण गरेका हुन् । दोस्रो जनआन्दोलनको क्रममा २०६३ साल वैशाख ६ गते झापा सदरमुकाम चन्द्रगढीमा उत्रेको मानव सागरमा तत्कालीन शाही सेनाले अन्धाधुन्ध गोली चलाउँदा विश्वासले सहादत प्राप्त गर्नु भएको थियो ।

सेनाले चलाएको गोली लागेर सोही दिन राजन गिरीले सहादत प्राप्त गर्नु भएको थियो । सयौँ व्यक्ति घाइते भएका थिए । सो दिन सेनाले मानव सागर चन्द्रगढी रंगशालामा प्रवेश गर्नासाथ अतालिएर हजारौँ राउन्ड गोली वर्षाएको थियो ।

ADVERTISEMENT

सुरजको स्मृति दिवसमा उहाँकी आमा मिना विश्वासलाई सम्मान गरिएको भद्रपुर नगरपालिकामा प्रमुख गणेश पोखरेलले बताउनु भयो। स्मरणसभाका सहभागीले सुरजको शालिकमा माल्यार्पण गर्नुका साथै उहाँको व्यक्तित्वको बारेका चर्चा गर्नु भएको थियो । भद्रपुर नगरपालिका ६ मा सुरज स्मृति वाटिका निर्माण गरेको छ । वाटिकामा सुरजको अर्धकदको शालिक राखिएको छ ।

एमाले कोशी प्रदेश सदस्य तथा पूर्व प्रदेश सांसद बसन्त बानियाँ, एमाले झापा सदस्य कालिचरण बस्नेत, नगर प्रमुख पोखरेल, वाटिका निर्माण समितिका अध्यक्ष गोपाल मण्डल, सन्ध्या हाँडा, प्रकाश शर्मालगायतले सुरजको बलिदानको चर्चा गर्नु भएको थियोे ।

उहाँहरूले विभिन्न क्रान्तिमा देशका लागि बलिदान दिएका शहीद, बेपत्ता र घाइतेहरूको योगदानलाई राज्यले भुलेर व्यक्तिगत स्वार्थमा निर्लिप्त भएको भन्दै आक्रोश व्यक्त गर्नु भएको थियो । सुरज र राजनहरुकै बलिदानका कारण राजतन्त्रको अन्त्य र देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उहाँहरूले दाबी गर्नु भएको थियोे ।

त्यसैगरी चन्दगढ यातायात प्रालि चन्द्रगढी विमानस्थलले रक्तदान गरि सुरज विश्वासको स्मृति दिवस मनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज