निक साइमनद्वारा जिल्ला अस्पताल खोटाङलाई स्वास्थ्य सामग्री सहयोग

चिसाङ शेर्पा खोटाङ, संवाददाता

फाइल तस्बिर

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । निक साइमन इन्स्टिच्युटले जिल्ला अस्पताल खोटाङलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । विगत दश वर्षदेखि अस्पताललाई स्वास्थ्य सामग्री र पाँचजना स्वास्थ्यकर्मीको सेवा सुविधा दिएर सहयोग गर्दै आएको निक साइमनले बुधबार झण्डै चार लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

निक साइमनको वार्षिक सहयोग कार्यक्रमअन्तर्गत अस्पताललाई एकवटा बेबी वामर, एकवटा पोर्टएबल एईडी (मुटु अकस्मात बन्द हुँदा केही सेकेण्डमै सक्ड दिने मेशिन) लगायत १० प्रकारका सामग्री सहयोग गरिएको निक साइमनको कोशी प्रदेश संयोजक शुसिल बस्नेतले जानकारी दिनुभयो ।

निक साइमनले ४० वटा सरकारी अस्पताललाई वार्षिक रुपमा स्वास्थ्य सामग्री सहयोग गर्दै आएको छ । 'अस्पताललाई चाहिने आवश्यक सामग्री उहाँहरुले रिक्वेष्ट गर्नुहुन्छ', संयोजक बस्नेतले भन्नुभयो,'सहयोग गर्ने हाम्रो निश्चित वजेटबाट खरीद गरेर ती सामग्री दिन्छौ । यो पटक तीन लाख ७७ हजार ११४ रुपैयाँको सामग्री अस्पताललाई सहयोग गरेका हौ।'

ADVERTISEMENT

निक साइमनले विगत १० वर्षदेखि जिल्ला अस्पतालमा कार्यरत एमडिजिपि एकजनाको आंशिक र मेडिकल अधिकृत एकजना, स्टाफ नर्स एकजना, एनेटस्थेसिया असिष्टेन्ट एकजना र बायोमेडिकल टेक्निसियन एकजनाको सम्पूर्ण तलवलगायतका सेवा सुविधा सहयोग गर्दै आएको छ ।

निक साइमन, अस्पताल विकास समिति र कर्मचारीबीच भएको त्रिपक्षीय सम्झौताअनुसार पाँचजना कर्मचारीको तलवलगायतका सेवा सुविधा निक साइमनले अस्पताल विकास समितिको खातामा लगाईदिने गरेको छ । निक साइमनले राखेका पाँचजना कर्मचारीलाई अस्पतालले भत्ता लगायतका सुधिवा मात्रै उपलब्ध गराउँदै आएको छ ।

निक साइमन, अस्पताल विकास समिति र कर्मचारीबीचको सम्झौता २०८३ सालसम्म रहेको जिल्ला अस्पताल खोटाङका निमित्त प्रमुख रुपेश संग्रौलाले बताउनुभयो । सरकारी अस्पतालहरुलाई सुधार गर्ने लक्ष्यले निक साइमनले लामो समयदेखि सहयोग गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?