‘बालन्यायमा पहुँच बढाउन सवै पक्ष जिम्मेवार बन्नु पर्छ’

निरोज कोइराला भोजपुर, संवाददाता
Bal Nyaya
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । सवै पक्षले आ-आफ्नो ठाउँबाट प्रभावकारी भुमिका निर्वाह गर्न सकिएमा बालन्यायमा पहुँच पुग्ने सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश डाक्टर आनन्दमोहन भट्टराईले बताउनु भएको छ । भोजपुर जिल्ला सदरमुकाममा आयोजना गरिएको नेपालको बाल न्याय प्रणालीलाई सुदृढ बनाउन सरोकारवाला निकायको भुमिका बिषयका अन्तरक्रियामा न्यायाधीशा डा. भट्टराईले बाल न्यायका लागि आएको कार्यबिधी अनुसार अगाडी बढनु पर्ने बताउनुभयो ।

कार्यक्रममा बाल न्यायका बिषयमा तीन वटा कार्यत्रपत्रसमेत प्रस्तुत गरिएको छ । बाल न्याय सम्वन्धी अनुसान्धान तथा अभियोजन: प्रमुख समस्या र समाधानका उपायहरुका बिषयमा निमित्त जिल्ला न्यायाधिबक्ता कल्याण पराजुलीले कार्यपत्र प्रस्तुत गर्नुभयो । बाल न्याय, उद्देश्य, अवधारणात्मक बिकास, बाल न्यायको नविनतम अवधारणा, राष्ट्रिय कानुनलगायतका बिषयमा कार्यपत्रमा उल्लेख गरिएको छ ।

ADVERTISEMENT

यस्तै बाल न्याय सम्पादनको क्रममा सामाजिक अध्ययन प्रतिवेदन तयार गर्दा देखिएका समस्या तथा चुनौतीहरुका बारेमा बाल समाजसेवी चाहना प्रधानले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । जिल्ला न्यायाधीश बाबुकाजी बानियाँले बाल इजलास संचालनका प्रमुख समस्या र समाधानका उपायहरु, बालबालिका सम्वन्धी ऐन, बाल न्याय सांलन संरचना, बाल न्याय सम्वन्धी ब्यवस्था, बालबालिका बिरुद्धको हिंसा, सुनुवाईको ब्यवस्था लगायतको बिषय समेटिएको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

बाल न्यायलाई प्रभावकारी बनाउन अझै पनि भौतिक श्रोत साधनको अभाव, बिद्युतीय सामाग्रीहरुको अभाव, अध्ययन सामाग्रीहरुको अभावलगायतका समस्याहरु देखिने गरेको जिल्ला न्यायाधीश बानियाँले बताउनुभयो । सोक्रममा सहभागी शिक्षक अमृतका ताम्राकार, सिराज शर्मा, प्रहरी निरीक्षक दल कुमार राई, कानुन ब्यवसायी तिर्थ कुमार राईलगायतले बाल न्यायका बिषयमा समेटिएका कार्यपत्रको बिषयमा जिज्ञासा राख्नु भएको थियो भने बाल न्यायका बिषयमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, बालमनोबिज्ञ निरमा राई, बार एशोसियशनका अध्यक्ष रामकुमार राईलगायतले पनि धारणा राख्नु हुदै बाल न्याय प्रणाली सुदृढीकरणमा जोड दिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *