भोजपुर । दुर्गम ठाउँका नागरिकको स्वास्थ्यमा पहुँच पुर्याउने उद्देश्यकले पहाडी जिल्ला भोजपुरको दक्षिणमा रहेको दुई पालिकामा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । नोबेल मेडिकल कजेज टिचिङ हस्पिटल बिराटनगरको सहयोगमा जिल्लाको हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटार र आमचोक गाउँपालिकाको केन्द्र बालंखामा निशुल्क स्वास्थ्य शिविर संचालन भएको हो ।
हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटारमा रहेको सगरमाथा माध्यामिक विद्यालय परिसरमा सोमवार बिहानबाट शिविर सुरु भएको छ । जहाँ नोबेल मेडिकल कजेज टिचिङ हस्पिटल बिराटनगरको बिशेषज्ञ टोलीले सेवा दिई रहेको छ । शिविरका लागि संघीय सांसद तथा हस्पिटलका संचालक डा. सुनिल शर्मा र प्रदेश सांसद बिनोद बान्तवा पनि त्यहाँ पुग्नु भएको छ ।
स्वास्थ्य उपचारको सहज पहुँचबाट बञ्चित नागरिकलाई सेवा दिने उद्देश्यका साथ शिविर संचालन गरिएको बताउँदै संघीय सांसद तथा हस्पिटलका संचालक डाक्टर शर्माले यो शिविरले नागरिकको स्वास्थ्यमा समेत टेवा मिल्ने बताउनुभयो । यस्तै प्रदेश सांसद बान्तवाले विशेषज्ञ स्वास्थ्यकर्मीबाट सेवा दिइने भएकाले दक्षिण क्षेत्रका नागरिकहरुलाई स्वास्थ्य सेवा लिन आग्रह गर्नुभयो ।
पौष २४ गते आमचोक गाउँपालिकाको केन्द्र बालंखामा शिविर संचालन हुने छ । शिविरमा जेनेरल मेडिसिन तथा मुटु रोग, प्रसुती तथा स्त्रीरोग, बालरोग, शल्यक्रिया, हाडजोर्नी तथा नसा रोगलगायतका बिभिन्न १३ वटा परीक्षणहरु हुने छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts