भोजपुर । भोजपुरको टक्सारमा रहेको आँखा अस्पतालमा सुरु तीन दिने शिविरमा रोगीहरुको संख्या बढदै गएको छ । पहिलो दिन मात्र शिविरमा दुई सय बढीको उपचार भएको छ ।
नेपाल नेत्रज्योती संघ आँखा तथा कान उपचार केन्द्र भोजपुर तथा बिराटनगर आँखा अस्पताल तथा सिबिएमको सहयोगमा संचालित शिविरमा सोमवार मात्र ५० जनाको शल्यक्रिया भएको छ भने एक सय ९२ जनाको आँखा परीक्षण गरिएको नेपाल नेत्रज्योती संघ भोजपुरका कोषाध्यक्ष सम्झना प्रधानले जानकारी दिनुभयो । तीन दिनको शिविरमा ग्रामीण क्षेत्रहरुबाट समेत बिरामीहरु आउनेक्रम बढेको प्रधानले बताउनुभयो ।
जिल्लामा संचालन हुन थालेका शिविरहरु प्रभावकारी बन्दै गएको केन्द्रका प्रमुख बिजय तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पालिका स्तरहरुमा पनि शिविरहरु संचालन गरेका छौ, उपचारका लागि अन्यत्र जान आर्थिक अभाव हुनेहरुका लागि पनि जिल्लाका शिविरहरु प्रभावकारी देखिएका छन ।”
आफ्नै जिल्लामा ५० रुपैयाँमै आँखाको शल्यक्रिया गर्न पाउँदा बिरामीहरुले समेत राहतको महशुस गरेका छन् । भोजपुर नगरपालिका वडा नम्वर १२ टक्सारको पुरानो डवलीमा जारी शिविरमा पाँच देखि ९४ वर्षसम्मका बिरामीहरुले आँखा जाँच तथा शल्यक्रिया सेवा लिएका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts