समीक्षाको स्वरमा ‘तिम्ले भुल्न सके पनि’

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । ‘तिम्ले भुल्न सकेपनि मैले भुल्न सकिन भो
भमराझैँ छानीछानी फूलमा डुल्न सकिन भो
बैगुनीको मायाले धुरुधुरु रुने बनायो’

यो सर्वप्रिय गीत झण्डै पन्ध्र वर्षअगाडि प्रकाश केसीको शब्द, सन्तोष श्रेष्ठको संगीत र कन्हैया सिंह परियारको स्वरमा रेकर्डिङ गरिएको थियोे ।

आजको नयाँ पुस्तासँग सहकार्य गरेर अगाडि बढ्ने सिलसिलामा उक्त गीत पछिल्लो समयकी चर्चित गायिका समीक्षा अधिकारीको स्वरमा सार्वजनिक गरिएको छ ।

ADVERTISEMENT

सञ्जीव बराइलीको एरेञ्ज र श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको गीतमा समीक्षाले आफैं अभिनय गर्नुभएको छ । रामकुमार केसीको छायांकन, पदम सुवेदीको सम्पादन रहेको भिडियोलाई सन्तोष राजबहाकले निर्देशन गर्नुभएको हो ।

भिडियो कामना डिजिटलको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *