लण्डन । इंग्लिस प्रिमियर लिगको क्लब उल्भरहृयाम्टनका फरवार्ड म्याथियस कुन्हालाई द फुटबल एसोसिएसन (एफए)ले दुई खेलको प्रतिबन्ध लगाएको छ । गत साता लिग खेलपछि ब्राजिलका स्ट्राइकर कुन्हाले इप्सविच टाउनका एक स्टाफलाई कुहिनोले हिर्काउनुभएको थियो ।
खेलमा उल्भरहृयाम्टन २-१ ले पराजित भएको थियो । कुन्हालाई ८० हजार पाउन्ड जरिवाना पनि लगाइएको छ । उहाँले नटिङघम फरेस्टविरुद्धको प्रिमियर लिग खेल र एफए कपको तेस्रो चरणअन्तर्गत ब्रिस्टल सिटीविरुद्धको गुमाउनुहुनेछ । उहाँले यस सिजन १९ प्रिमियर लिग खेलमा १० गोल गर्नुभएको छ । एजेन्सी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता