दोश्रो आमन्त्रित पौवादुङमा गोल्डकप : १४ टिमको सहभागिता हुने

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङग्रेमा रहेको रंगशालामा आगामी माघ एक गतेबाट संचालन हुने दोश्रो आमन्त्रित गोल्डकप फुटवल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । खेल तालिकाअनुसार प्रतियोगितामा सेना र प्रहरीको टिमसहित १४ वटा टिमले सहभागिता जनाउने छन् ।

गत बर्षबाट सुरु प्रतियोगिताअन्तर्गत दोश्रो संस्करणकारुपमा संचालन हुन लागेको प्रतियोगितामा भोजपुरमा रहेको नेपाली सेनाको श्रीनयाँ श्रीनाथ गण र प्रदेश प्रहरी कार्यालय बिराटनगरको टिमले पनि सहभागिता जनाउने छन् भने अन्य टिमहरुमा आम्तेक ११ फुटवल क्लव, पौवादुङमा खेलकुद विकास समिति(क), छथर गाउँपालिका तेह्रथुम, कोट कालिका फुटवल क्लव, अरुण गाउँपालिका, राजगढ फुटवल क्लव बाह्रदर्शी गाउँपालिका झापा, मोर्डन एरा फुटवल एशोसियन विराटनगर, तिवारीभञ्ज्याङ फुटवल क्लव, टेम्केमैयुङ गाउँपालिका, देउराली फुटवल क्लव, अलस्टार फुटवल क्लव धरान र पौवादुङमा खेलकुद विकास समिति (बि) रहेको आयोजक पौवादुङमा गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ ।

ADVERTISEMENT

पौवादुङमा गाउँपालिका खेलकुद विकास समिति च्याङग्रेको आयोजना तथा गाउँपालिकाको मुख्य प्रायोजन र प्रदेश खेदकुद विकास बोर्ड कोशी प्रदेश बिराटनगरको आर्थिक सहयोगमा प्रतियोगिता हुने खेलकुद विकास समितिका अध्यक्ष चोलप्रसाद आलेले बताउनुभयो ।

प्रतियोगिताको विजेताले उपाधीसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजक संस्थाका अध्यक्ष आलेले जानकारी दिनुभयो । यस प्रतियोगिताले पालिकाको खेलकुद गतिविधि तथा विकासमा समेत टेवा मिल्ने गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *