काठमाडौं । श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका वडा १३ को संयुक्त आयोजनामा दोस्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता आज(सोमबार)देखि सुरु हुनेछ । प्रतियोगितामा ३० टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष निरज खड्काले जनाउनुभएको छ । एट ए साइड स्वरूपमा हुने प्रतियोगितामा सहभागी टिमले ४० वर्षमाथिका चार, ४५ वर्षमाथिका तीन र ५० वर्षमाथिका एक खेलाडी समावेश गर्नुपर्नेछ ।
विजेताले दुई लाख तथा उपविजेताले एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र ‘म्यान अफ द सिरिज’ लाई जनही पाँच हजार नगदबाट पुरस्कृत गरिनेछ । प्रतियोगिताको पहिलो दिन पाँच खेल हुनेछन् । पुस २९ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू जावलाखेल मैदानमा खेलाइनेछ । गत संस्करणको उपाधि कुपण्डोल ४० प्लसले जितेको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता