छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १९ लाख बढीको क्षति

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

झापा । जिल्लाका तीन छुट्टाछुट्टै ठाउँमा गए राति आगलागी हुँदा रु १९ लाख ६० हजारभन्दा बढीको क्षति भएको छ ।

दमक नगरपालिका-१ का शिव राईको घरको भुइँतलामा रहेको किराना कस्मेटिक र खाद्यान्न पसलमा विद्युत् सट भई आगलागी हुँदा पसलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् । आगलागीबाट १५ लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

गए राति नै झापा गाउँपालिका-७ रमितेटोलका लुखी हस्दाको घरमा विद्युत लाइन सट भई आगलागी हुँदा टिनको छानो र बाँसको टाटीले बनेको तीनकोठे घर र सामान जलेर पूर्ण रूपमा क्षति पुगेको छ । उक्त घर नजिकै रहेको ग्वाली कोठामा क्षति पुग्दा रु दुई लाख ५० हजार बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

त्यसैगरी, अर्जुनधारा नगरपालिका-११ सालबारीस्थित भूमिनाथ बराल र अमर राउतले एक बिघा जमिनको धान काटिराखेका कुनिउमा आगलागी भएको छ । यसरी अचानक आगलागी हुँदा धान र कुनिउ जल्दा रु दुई लाख १० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

प्रनाउ चन्दकाअनुसार आगलागी भएका तीनवटै ठाउँको आगो स्थानीय तहका दमकल, स्थानीय मानिस र प्रहरीको सहयोगमा निभाइएको छ । आगलागी सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज