झापा । झापाको दक्षिणी सीमावर्ती गौरीगञ्ज गाउँपालिका-१ भन्सारटोलमा बिहीबार साँझ आगलागी हुँदा २५ लाख बढीको क्षति भएको छ ।
गाउँपालिका उपाध्यक्ष पुजन न्यौपानेकाअनुसार स्थानीय आगलागी भएको छ ।आज साँझ ६ बजेतिर भएको नौलोसिंह थापाको ग्वाली र भान्साघर जलेर नष्ट भएको छ । आगलागीबाट चारवटा बाख्रा जलेर मरेका छन् । दुई बिघाको धान र दुईवटा इलेक्ट्री साइकल पूर्णरुपमा जलेर नष्ट भएको छ ।
साँझ भएको सो आगलागीको कारण स्पष्ट खुल्न सकेको छैन । समयमा नै आगो नियन्त्रणमा लिन सकिएकोले मानवीय क्षति हुन नपाएको र घर सुरक्षित रहेको जनाइएको छ ।
आगलागी गौरादह र शिवसताक्षी नगरपालिकाको दमकल, इलाका प्रहरी कार्यालय गौरीगञ्ज, कुञ्जिबारी र महाभाराको प्रहरी टोली, शसस्त्र प्रहरी र स्थानीयले साँझ ७.३० बजेतिर आगो नियन्त्रणमा आएको उपाध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts