
काठमाडाैं । महिला यू१९ विश्वकपको एसिया क्वालिफायर आजदेखि शुरु हुँदै छ । २०२५ मा हुने महिला यू १९ विश्वकपका लागि एशिया क्वालिफायरमा नेपालसहित कुवेत, थाइल्याण्ड र युएई खेल्दै छन् ।
क्वालिफायरमा शिर्ष स्थानमा रहने देश विश्वकपका लागि छनौट हुने छ । चार देशले एक अर्काविरुद्ध २–२ खेल खेलेपछि शिर्ष स्थानमा रहने देश विश्वकपका लागि छनौट हुने छ ।
आज नेपालले पहिलो खेलमा थाइल्याण्डको सामना गर्दै छ । त्यस्तै विहिबार नेपालले कुवेतसँग खेल्ने छ भने शनिबार युएईविरुद्ध खेल्ने तालिका रहेको छ । त्यस्तै आइतबार फेरी थाइल्याण्डसँग, मंगलबार कुवेतसँग र बुधबार युएईविरुद्ध खेल्ने छ ।
क्यानले तीन चरणको क्लोज क्याम्प गरेर एशिया क्वालिफायर खेल्न पुजा महतोको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरको हो ।
नेपाली टिम
पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), अलिशा यादव (विकेटकिपर), मनिषा उपाध्याय, क्रिश्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, त्रिशना बिक, रिया शर्मा, कुसुम गोदार, सीमाना केसी, ज्योत्स्निका मरासिनी र रचना चौधरी रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच