बर्दघाटमा शीतलहर प्रभावितलाई न्यानो कपडा वितरण गरिने

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 4 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले शितलहर प्रभावितलाई न्यानो कपडा वितरणमा प्राथमिकता दिने भएको छ । नगर विपत्ति व्यवस्थापन समितिको बैठकले सङ्घसंस्थासँग समन्वय गर्दै राहत वितरण गर्ने निर्णय गरेको हाे ।

बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठकाअनुसार शितलहरबाट बच्न दीर्घकालीन र अल्पकालीन योजना बनाई कार्यान्वयन गर्न लागिएको बताउनु भयो । "हामी कपडा बैङ्कको स्थापना गर्ने र न्यानो कपडा वितरण गर्ने तयारीमा छौँ," श्रेष्ठले भन्नुभयो । नगरले न्यानो कपडा सङ्कलन र बितरण एकद्वार प्रणालीबाट गर्ने श्रेष्ठको भनाइ छ ।

नवलपरासीमा पछिल्लो समय बढेका चिसोका कारण जनजीवन प्रभावित भएको छ । नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले सङ्घसंस्थासँगको समन्वयमा शीतलहर न्यूनीकरणका कार्यक्रम अघि बढाइने बताउनु भयो । "पूर्वतयारी र रोकथामका लागि योजनाका साथ कार्यान्वयनको तयारीमा छौँ," उहाँले भन्नुभयो । शितलहरबाट जनजीवन कष्टकर बनिरहेका बेला पालिकाले वडा वडामा राहत वितरण गर्ने योजना अघि सारेको छ ।

प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालका अनुसार २/३ दिन भित्रमा नै विपन्न वर्गको तथ्याङ्क सङ्कलन गर्न लागिएको बताउनु भयो । "न्यानो कपडा सङ्कलन तथा खरिद गरी वितरण गरिनेछ । दाउराको उपलब्धता सुनिश्चित गर्दै सुरक्षा निकायसँग समन्वय गरेर विपत्तिबाट जोगिन तालिम प्रदान गर्ने तयारी छ," खनालले भन्नुभयो ।

ADVERTISEMENT

नगरमा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरूले लक्षित वर्गलाई राहत पुगोस् भनेर सुझाव दिएका छन् । नेपाली काङ्ग्रेस बर्दघाटका सभापति दामोदर जिसी, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष तेजेन्द्र पुर्जा, राप्रपा नगर अध्यक्ष प्रकाशजङ्ग रायमाझीलगायतले तथ्याङ्क सङ्कलन, नक्साङ्कन र सङ्घसंस्थासँगको सहकार्यलाई प्रभावकारी बनाउन सुझाव दिनुभएको छ ।

बर्दघाट उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष तारा प्रसाद गौतमले नगरपालिकासँग सहकार्य गर्दै राहत वितरणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल रेडक्रस सोसाइटीहरुको तर्फबाट बोल्दै सुरज के.सी.ले रेडक्रस सोसाइटीलाई अग्रता दिएर सेवाको भावनाले राहत बितरण गर्नुपर्नेमा जोड दिनुभयो । बर्दघाटमा राहत वितरणमा रेडक्रस, समाजिक सङ्घसंस्था र निजी क्षेत्रहरु मिलेर लक्षित समुह र समुदायमा राहत वितरणको योजना तयार पारिएको छ ।

शीतलहर न्यूनीकरणका लागि घरघरमा तातो पानी सेवन गर्ने, झोलिलो खाना खाने जस्ता उपायहरू अपनाउन नगरका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले बताउनु भयो । " चिसोले श्वासप्रश्वास तथा दम हुन सक्छ, नजिकको स्वास्थ्य चौकीमा गएर उपचार र सरसल्लाह लिन सकिन्छ", ज्ञवालीले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज