रोम । इटालियन सिरी ‘ए’मा नापोलीले फियोरिन्टिनाविरुद्ध सहज जित निकालेको छ । शनिबार राती सम्पन्न खेलमा नापोलीले घरेलु टोली फियोरिन्टिनाविरुद्ध ३-० को सहज जित निकालेको हो । अर्टेमियो फ्रेन्ची रंगशालामा नापोलीलाई जित दिलाउन डेविड नेरेस, रोमेलु लुकाकु र स्कट म्याकटोमिनेले गोल गर्नुभयो ।
खेलको २९औँ मिनेटमा नेरेसको गोलमार्फत् नापोलीले अग्रता लिएको थियो । ५४औँ मिनेटमा लुकाकुले पेनाल्टीमार्फत् टोलीको अग्रता दोब्बर बनाउनुभयो । म्याटोमिनेले ६८औँ मिनेटमा गोल गर्दै नापोलीलाई ३-० को सहज जित दिलाउनुभयो ।
जितसँगै १९ खेलमा ४५ अंक जोडेको नापोलीले शीर्ष स्थानमा एक खेल कम खेलेको एटलान्टासँग स्पष्ट तीन अंकको दूरी बनाएको छ । पराजित फियोरिन्टिना १८ खेलबाट ३२ अंकका साथ छैटौँ स्थानमा छ । एजेन्सी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता