खोटाङ । सुमोबाट लडेर गम्भीर घाईते भएका बालकको ज्यान गएको छ । बिहीबार राती साँढे ८ बजे दिक्तेल-खानीडाँडा सडकखण्डमा सुमोबाट लडेर घाईते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेका ८ वर्षीय बालक हेमन्त बस्नेतको उपचारमा लैजादै गर्दा ज्यान गएको हो ।
ना १ ज ५७४३ नम्बरको सुमोबाट लडी गम्भीर घाईते भएका बालकलाई तत्काल आफन्तले उपचारमा जिल्ला अस्पताल दिक्तेल पुर्याएपछि प्राथमिक उपचार गरेर थप उपचारका लागि काठमाडौं लैजाँदै गर्दा हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमस्थित छापडाँडामा बालकको ज्यान गएको खोटाङका डिएसपी प्रतिक विष्टले बताउनुभयो ।
मृतक बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेलमा राखिएको छ । प्रक्रिया पूरा गरेर केही बेरमा शव पोष्टमर्टम गरिने प्रहरीको भनाई छ । बालक दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङमा कक्षा-२ मा अध्ययनरत थिए ।
सुमो गाडी र चालक खाल्लेकै गोविन्द कटवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकविरुद्ध सवारी ज्यान मुद्दामा जाहेरी परिसकेको डिएसपी विष्टले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच