प्रतिकुल मौसमका कारण झापामा पठनपाठन प्रभावित

राजेन्द्र गौतम झापा, संवाददाता
राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 2 mins

झापा । प्रतिकुल मौसमका कारण झापा अधिकांश शिक्षण संस्थाको पठनपाठन प्रभावित भएको छ । तीन दिनदेखि भएको निरन्तर वर्षाका कारण कतिपय पालिकाले विद्यालय शुक्रबारका लागि विदा दिएका छन् ।

प्याब्सन र एनप्याब्सनले सूचना निकालेर शुक्रबारका लागि सम्बद्ध विद्यालय शुक्रबार एक दिनका लागि बन्द गरेको जनाएका छन् । झापामा प्याब्सन, एनप्याब्सन सम्बद्ध सयौँ विद्यालय छन् ।

बाह्रदशी र हल्दिबारी गाउँपालिकाले पालिकामा सञ्चालित सामुदायिक तथा निजी विद्यालय आज एक दिनका लागि बन्द गरिएको जनाएका छन् । कतिपय विद्यालयले आफैँ सूचना निकालेर आज पठनपाठन बन्द रहने जनाएका छन् ।

धेरै पालिकाले १०:३० सम्म कुनै सूचना ननिकाले विद्यालय नियमित सञ्चालन हुनेछन् । शिवसताक्षी नगरपालिका-४ ओडारीचोकको त्रिभुवन माविका शिक्षक रामचन्द्र फुयालले विद्यालय बन्द हुने अहिलेसम्म कुनै जानकारी नआएको बताउनुभयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो," नगर स्तरीय आन्तरिक परीक्षा चलिरहेको छ, हामीले कष्टका साथ आजको परीक्षा सम्पन्न गरेका छौँ ।" सो विद्यालयको भवन जीर्ण हुँदा छानाबाट पानी चुहिरहेको छ । प्राङ्गणमा घुँडाघुँडा पानी जमेको छ ।

त्यस्तै मेचीनगर नगरपालिका १० को धुलाबारी माविमा कक्षा ११ र १२ को कक्षा सञ्चालन भएको बताउनुभयो । सो विद्यालय दिउँसो भने सुचारु नहुने भएको छ ।

विद्यालयका पूर्वशिक्षक माया गुरुङको शोकमा धुलाबारी माविमा आज दिउँसोका कक्षा सञ्चालन नहुने हिजो नै सूचना गरिएको थियो । शैक्षिक अभियन्तासमेत रहनु भएको गुरुङको दुई दिनअघि निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?