साउदी अरब । साउदी प्रो लिगमा अल नासरले अल फयहलाई पराजित गरेको छ । दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा नासरले मंगलबार फयहलाई ४-१ ले पराजित गरेको हो । किंग अब्दुल्लाह स्पोर्ट्स सिटीमा नासरको जितमा टालिस्काले २, क्रिस्टियानो रोनाल्डो र मार्सेलो ब्रोजोभिकले समान १ गोल गर्नुभयो । फयहका लागि फासन सकलाले १ गोल गर्नुभयो ।
कप्तान रोनाल्डोको असिस्टमा खेलको पाँचौँ मिनेटमा टालिस्कोले गोल गर्दै नासरलाई अग्रता दिलाउनुभएको थियो । पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले नै गोल गर्दै नासरको अग्रता दोब्बर बनाउनुभयो । नासरका लागि ८५औँ मिनेटमा ब्रोजोभिकले तेस्रो गोल गर्नुभयो ।
लगत्तै अर्को मिनेटमा फयहका लागि सकलाले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयत्न गरे पनि त्यो पर्याप्त हुन सकेन । दोस्रो हाफको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै टालिस्कोले नासरलाई सहज जित दिलाउनुभयो । जितसँगै दुई खेलमा चार अंकका साथ नासर तालिकाको दोस्रो स्थानमा छ । पराजित अल फयह भने अंक तालिकाको पुछारमा छ । एजेन्सी ।







Breaking news with related posts