काठमाडौं । साउदी प्रो लिगमा अल नासरले जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल फेइहामाथि ४–१ गोल अन्तरको फराकिलो जित हासिल गरेको हो ।
अल नासरको जितमा टालिस्काले दुई गोल गरे भने क्रिस्टियानो रोनाल्डो र मार्सेलो ब्रोजोभिकले एक एक गोल गर्नुभयो ।
यस खेलमा रोनाल्डोले फ्री–किकबाट गोल गरेका थिए भने एक गोल असिस्ट गर्नुभएको थियो । त्यस्तै अल फेइहाका लागि फेसन सकालाले एक गोल गर्नुभयो ।
यस सिजनको पहिलो खेल बराबरी खेलेको अल नासरको यो जितपछि २ खेलमा ४ अंक भएको छ । त्यस्तै अल फेइहले भने लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts