काठमाडौं । सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफुले अल नासरबाटै सन्यास लिने बताउनुभएको छ ।
३९ वर्षीय रोनाल्डोले पोर्चुगलको च्यानलसँग कुरा गर्दै आफुले केहि बर्षमा सन्यास लिने बताउदै रोनाल्डोले सम्भवत आफ्नो अन्तिम क्लब अल नासरनै हुने बताउनुभएको हो ।
रोनाल्डोले आफु अल नासरमा खुशी रहेको बताउदै साउदी लिग र देश दुवैमा आफु खुशीसाथ बसिरहेको प्रतिक्रिया दिनुभएको छ ।
उहाँले भन्नुभयो, ‘थाहा छैन मैले कहिले सन्यास लिन्छु । त्यो छिट्टै, दुई(तीन बर्षपछि पनि हुन सक्छ । तर यो अल नासरमै हुनसक्छ । यो टिमसँग म अहिले खुशी छु । म लिग र देश दुवैसँग अहिले खुशी छु । त्यसैले मैले मेरो क्यारियर अल नासरमै अन्त्य गर्नेछु ।’
साथै रोनाल्डोले आफु भविष्यमा कुनै फुटबल टिमको प्रशिक्षक बन्ने कुरालाई अस्वीकार गरेका छन् । रोनाल्डो कुनै पनि फुटबल टिमलाई व्यवस्थापन गर्ने विषय जटिल विषय भएकोले आफुले अहिलेसम्म यस बारेमा नसोचेको बताउनुभएको छ ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता