काठमाडौं । काजकिस्तानी एलिना रेबाकिना विम्बल्डन टेनिसको महिला एकलतर्फ क्वाटरफाइनल प्रवेश गर्नुभएको छ । सेन्ट्रल कोर्टमा सोमबार विश्व नम्बर तीन रेबाकिनाले रसियन खेलाडी आना कलिन्सकाया घाइते भएपछि वाकओभर प्राप्त गर्नुभएको हो ।
रेबाकिनाले पहिलो सेट ६-३ ले जित्नुभएको थियो । दोस्रो सेटमा ३-० ले अगाडि रहेका बेला कलिन्सकायाले खेल त्याग्ने निर्णय लिनुभएको हो । रेबाकिनाले सेमिफाइनल प्रवेशका लागि युक्रेनकी एलिना स्भिटोलीनाको सामना गर्नुहुनेछ ।
यस्तै, विश्व नम्बर दुई नोभाक जोकोभिच विम्बल्डन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ क्वाटरफाइनल प्रवेश गर्नुभएको छ । सर्वियन स्टार जोकोभिचले डेनिस खेलाडी होल्गर रुनेलाई ३-० को सोझो सेटमा पराजित गर्नुभयो । सेन्ट्रल कोर्टमा जोकोभिचले खेल ६-३, ६-४, ६-२ ले आफ्नो पक्षमा पार्नुभएको थियो । जोकोभिचले सेमिफाइनल प्रवेशका लागि अस्ट्रेलियन खेलाडी एलेक्स डी मिनौरको सामना गर्नुहुनेछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts