काठमाडौं । थाइल्याण्डमा हुने हाप्किडो वल्र्ड च्याम्पियनसिपमा नेपालबाट सहभागी हुने खेलाडीको पोखरामा आजबाट बन्द प्रशिक्षण सुरु भएको छ । अन्तर्राष्ट्रिय हाप्किडो महासंघको आयोजनामा २०२४ अगस्ट १ देखि ४ तारिखसम्म हुने च्याम्पियनसिपमा सहभागी हुने हाप्किडो खेलाडीहरू कृति गिरी, चन्द्रबहादुर बोहरा, राजेन्द्र तामाङ, अमृत गुरुङ, इमा थापा र मेग्मा गुरुङ रहनुभएको छ । पोखराको पैयुखोला तमु समाजको कभर्डहलमा हुने उक्त प्रशिक्षणलाई प्रमुख प्रशिक्षक प्रविन गुरुङले प्रशिक्षण दिनुहुनेछ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता