
काठमाडौं । टी-२० विश्वकपको सुपर-८ राउण्डका सबै आठ टोलीको टुंगो लागिसकेको छ । अब आज (बुधबार)देखि सुपर-८ का खेलहरू सुरु हुनेछन् । सुपर-८ का १२ खेल चार रंगशालामा हुनेछन् । सुपर ८ मा पुगेका चार÷चार टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह-१ मा भारत, अष्ट्रेलिया, अफगानिस्तान र बंगलादेश छन् । समूह-२ मा इंग्ल्याण्ड, वेष्ट इण्डिज, दक्षिण अफ्रिका र अमेरिका छन् ।
सबै खेल वेष्ट इण्डिजका चारवटा मैदानमा हुनेछन् । एन्टिगुवामा चार र सेन्ट भिन्सेन्टमा दुई खेल हुनेछन् । सेन्ट लुसिया र बार्बाडोसमा तीन/तीन खेल हुनेछन् । यस राउण्डको पहिलो खेल आज अमेरिका र दक्षिण अफ्रिकाबीच हुनेछ । भारतले आफ्नो पहिलो खेल जुन २० मा अफगानिस्तानसँग खेल्नेछ । सुपर-८ चरणको अन्तिम खेल २५ जुनमा अफगानिस्तान र बंगलादेशबीच हुनेछ ।
यसअघि समूह चरणको अन्तिम खेलमा वेष्ट इण्डिजले अफगानिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको छ । मंगलबार बिहान सम्पन्न खेलमा वेष्ट इण्डिजले अफगानिस्तानलाई १०४ रनले पराजित गरेको हो । जितसँगै वेष्ट इण्डिज समूह ‘सी’ को विजेता बन्दै ‘सुपर-८’ चरणमा पुगेको छ । अफगानिस्तान भने समूह उप-विजेताका रूपमा ‘सुपर-८’ चरणमा प्रवेश गरेको छ ।
योसँगै नवौँ विश्वकपमा समूहगत चरणको खेल पनि सकिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २१८ रन बनाएको थियो । जारी विश्वकपमा यो सबैभन्दा ठूलो स्कोर पनि हो । जवाफमा अफगानिस्तान १६.२ ओभरमा ११४ रन बनाएर अलआउट भयो । वेष्ट इण्डिजका लागि निकोलस पुरनले ५३ बलमा ९८ रन बनाउनुभयो । जोन्सन चाल्र्सले ४३ र रोभम्यान पावेलले २६ रन बनाउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच