नेपाली क्रिकेट टिमलाई ओलीको शुभकामना

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमलाई शुभकामना दिनुभएको छ ।

आजदेखि पाकिस्तानमा सुरु हुने खेलमा सहभागी हुन पुगेको नेपाली क्रिकेट टिमलाई ओलीले शुभकामना दिनुभएको हो ।

ADVERTISEMENT

‘र, प्रतीक्षाको घडी समाप्त भएको छ । नेपाली टीमले आज पहिलो पटक एसिया कप खेल्दै छ । यसका लागि हामी सबै नेपालीले लामो समयदेखि सपना देखेका थियौं,’ ओलीले आफनो शुभकामना सन्देशमा भन्नुभएको छ, ‘विश्वको नम्बर वान क्रिकेट टीम पाकिस्तानसँगको म्याचमा जितका लागि शुभकामना ।’ साथै, उहाँले नेपाली खेलाडीहरूको हौसला बढाउन एउटा भिडियो पनि सेयर गर्नुभएको छ ।

नेपालले आज विश्व बरियता नम्बर १ पाकिस्तानसँग घरेलु मैदानमा पहिलो पटक एसिया कपमा प्रतिस्पर्धा गर्दैछ । सो खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बाट सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?