नेपाल रेडक्रस सोसाइटीको सहयोगमा एक घर एक धारा निर्माण सम्पन्न

राजकुमार कार्की ओखलढुङ्गा
राजकुमार कार्की ओखलढुङ्गा
Read Time = 3 mins

ओखलढुंगा । ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा एक घर एक धारा निर्माण सम्पन्न भएको छ । मोलुङ गाउँपालिकाको वडा नं ३ र ५ मा रेडक्रस सोसाइटीको सहयोग र पालिकाको सहलगानी तथा स्थानियबासीको जनश्रमदानबाट एक घर एक धारा निर्माण सम्पन्न भएको हो ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालय, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको महासंघ, ब्रिटिश रेडक्रसको सहकार्य, मोलुङ गाउँपालिकाको सहलगानी र स्थानियबासीको जनश्रमदानबाट धारा निर्माण सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटीले ‘दिगो तथा समाबेशी खानेपानी, स्वच्छता तथा सरसफाई परियोजना’ अन्तर्गत गडीभुलभुले मूहान गरी एकघर एक धारा निर्माण गरेको हो । १ करोड ३२ लाख ५८ हजार ७ सय ३६ रुपैया ९५ पैसा कुल लागतमा सम्पन्न भएको उक्त योजनामा १ हजार १ सय ८१ जना नागरिक लाभान्वित भएका छन् । नेपाल रेडक्रस सोसाइटीको तर्फबाट ७० लाख ७ हजार ८ सय २४, मोलुङ गाउँपालिकाको तर्फबाट ३८ लाख ३७ हजार ६ सय ३५ रुपैया ८९ पैसा र उपभोक्ताहरुको जनश्रमदानबाट २४ लाख १३ हजार २ सय ७६ रुपैया ६९ पैसा लागतमा खानेपानी आयोजनाको काम सम्पन्न भएको उपभोक्ता समितिले जानकारी दिएको छ ।

ADVERTISEMENT

वडा नं ३ र ५ का २ सय १६ घरधुरीका ६ सय १९ महिला र ५ सय ६२ पुरुष उपभोक्ताहरु लाभान्वित भएका छन् । प्रत्येक घरमा धारा निर्माण सँगै सार्वजनिक र विद्यालयहरु समेतमा धारा निर्माण गरिएको बताएका छन् । १४ वटा सार्वजनिक धारा सहित जम्मा २ सय ३० वटा धारा निर्माण सम्पन्न भएका छन् । एक घर एक धारा निर्माण सम्पन्न भई घर-घरमा पानी आउन थालेपछि स्थानिय उपभोक्ताहरु खुशी भएका छन् ।

खानेपानीको ठुलो समस्या थियो, खानेपानीको समस्या समाधान गरिदिएकोमा नेपाल रेडक्रस सोसाइटी ओखलढुंगाका अध्यक्ष नारायण प्रसाद दाहाल लगायत सम्पुर्ण रेडक्रस टिमलाई स्थानिय बासीले धन्यबाद ज्ञापन गरे ।

मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरी धारा निर्माण सम्पन्नताको घोषणा तथा उपभोक्ताहरुलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयका पदाधिकारी पालिका प्रमुख आइएफआरसीका नेपाल प्रमुख र स्थानिय उपभोक्ताहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?