काठमाडौं । टी-२० विश्वकपअघिको अभ्यास खेलमा भारतले बंगलादेशलाई फराकिलो अन्तरले पराजित गरेको छ । शनिबार राती सम्पन्न खेलमा भारतले बंगलादेशलाई ६० रनले पराजित गरेको हो । भारतले दिएको १८३ रनको लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर १२२ रनमात्र बनाउन सक्यो । यसअघि पहिला ब्याटिङ गर्दै भारतले २० ओभरमा ५ विकेट गुमाएर १८२ रन बनाएको थियो । भारतका लागि ऋषभ पन्तले ५३ रन बनाउनुभयो भने हार्दिक पाण्ड्याले अविजित ४० रन बनाउनुभयो ।
ओपनिङमा आउनुभएका सञ्जु सामसनले १ रनमात्र बनाउन सक्नुभयो । योसँगै कप्तान रोहित शर्माको ब्याटबाट २३ रन बने । लामो समयपछि टिममा फर्किनुभएका ऋषभ पन्त र हार्दिक पाण्ड्याले ब्याटिङमा चमत्कार गर्नुभयो । पन्तले ३२ बलमा ५३ रनको इनिङ खेल्नुभयो भने हार्दिकले २३ बलमा ४० रनको इनिङ्स खेल्नुभयो । यसबाहेक सूर्यकुमार यादवले ३१ रन बनाउनुभयो भने शिवम दुबेले पनि १४ रनको इनिङ खेल्नुभयो ।
भारत यस टी-२० विश्वकपमा समूह ‘ए’ मा रहेको छ र आफ्नो पहिलो खेल आगामी बुधबार आयरल्याण्डसँग खेल्दैछ । त्यस्तै, बंगलादेश भने नेपालसँगै समूह ‘डी’ छ । बंगलादेशले आफ्नो पहिलो खेल जुन ८ मा श्रीलंकासँग खेल्ने तालिका रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements