धादिङ । पछिल्लो समय धादिङमा विभिन्न बाल क्लबहरुले कार्यान्वयनमा तीव्रता पाएका छन् । यस्तै धादिङको गंगाजमुना गाउँपालिकाले वडा स्तरीय बाल क्लब संजाल क्षमता विकास तथा पुर्नगठन प्रक्रियालाई प्राथमिकता राखि कार्यान्वयनमा तिब्रता दिएको छ ।
गाउँपालिकाको वडा नं ६ र ७ मा वडा स्तरीय बालक्लब संजालका पदाधिकारीको क्षमता विकास कार्यशाला सञ्चालन गरी प्रत्येक वडामा १५/१५ सदस्यीय वडा स्तरीय बालक्लब संञ्जाल गठन गरिएको हो ।
बालसमूह गठन तथा परिचालन निर्देशिका २०७४ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले समेत स्थानीय सरकारले बालअधिकार सुनिश्चित गर्नका निम्ति स्थानीय सरकारले स्थानीय तहको योजना तर्जुमा गर्दा बालक्लव र बालबालिकाको सहभागीता सुनिश्चित गर्नुपर्ने कुराको उल्लेख भए बमोजिम वडा स्तरीय संञ्जाल गठन गरिएको महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख प्रतिमा भट्टले बताउनुभयो ।
बालमैत्री स्थानीय शासनको सूचक नं ४१ स्थानीय तहको योजना तर्जुमा पूर्व वार्षिक रूपमा वडा र गाउँपालिकामा बालभेला आयोजना गरी बालभेलाले प्राथमिकता तोकेका विषयलाई स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा समावेश गरिनु पर्ने व्यवस्था अनुसार गाउँपालिकाले बालभेला तथा वडा स्तरीय बालक्लल गठन र परिचालनलाई महत्व दिएको वडा नं ६ का वडा सदस्य धन बहादुर गुरुङले बताउनु भयो ।
बालबालिकाहरुको भेला भई आफ्ना वास्तविक आवश्यकता र प्राथमिकता निर्धारण गर्न,तय गरिएका आवश्यकता र प्राथमिकताहरूलाई स्थानीय योजना तर्जुमा र बजेट विनियोजन सम्बन्धी निर्णय गर्ने संरचना र पदाधिकारी समक्ष राखी बालबालिकाको सर्वोत्तम हित हुनेगरी कार्य गर्ने अवसर सृजना गर्ने भएकोले पनि संजाल निर्माण कार्यलाई प्राथमिकता राखिएको पनि वडा गुरुङले बताउनु भयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements