नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा पुल बने पछि नेपालीहरु नेपाल संग जोडिएका छन । सुस्ताको वारि र पारी गर्नका लागि ढुङ्गाको सहायता लिनु पर्ने सुस्ताबासी बर्षातको समयमा नेपालीहरु नेपालसङ्गै जोडिनसमेत सक्दैन थिए ।
सुस्ताको झाेलुङ्गे पुलले नेपालीलाई नेपालसंग जोडेको संविधान सभा सदस्य एवं लुम्बिनी प्रदेश सभा सदस्य देवकरण कलवारले बताउनु भयो । आफु संविधान सभा सदस्य हुँदा तत्काल प्रधानमन्त्री सुशील कोइरालालाई दुर्बिनबाट पारीको सुस्ता देखाएको उल्लेख गर्दै कलवारले त्यस पछि सडकको पुलको स्टिमेट गरेको र बजेट बढी पर्ने भएकाले झाेलुङ्गे पुल बनाउने गरि अगाडि बढेको जानकारी दिनु भयो । सुस्तामा पुल बन्न धेरैकाे योगदान रहेको कलवारको भनाइ छ ।
सुस्ता गाउँपालिका वडा नम्बर ०५ मा १ हजार ५ सय ७१ मिटर लामो पुल बनेर सुचारु भए पछि सुस्ता बासीको बाध्यता तोडिएको हो । करीब २३ करोडको लागतमा बनेको सुस्ताको झाेलुङ्गे पुल नेपालको सबै भन्दा लामो र एसियाको दोस्रो लामो पुल रहेको कलवारको दाबी छ ।
पुल बने पछि आवतजावतमा निकै सहज भएको उल्लेख गर्दै सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले राज्यबाट प्रदान गरिने सेवा सुबिधामा सहज भएको बताउनु भयो ।
सामान्य घरपरिवारमा आवस्यक पर्ने खाद्यान्न तथा लत्ताकपडाका लिनका लागि नेपाली बजारमा आउन नारायणी नदिको जोखिम पुर्ण यात्रा गर्नु पर्ने वा भारतीय बजारमा पुग्नु पर्ने थियो । सुस्ताको पुल बने पछि सुस्ताबासीहरु नेपाली बजार गर्ने भारतीय बजारमा जानु पर्ने वा नारायणीको जोखिम पुर्ण यात्रा गर्नु नपर्ने भएको सुस्ता-५ का वडा अध्यक्ष प्रभुनाथ यादवले बताउनु भयो । " पुल बने पछि हरेक काम गर्न नेपालीहरु नेपाल संगै जोडिने छन् ।" यादवले भन्नू भयो ।
झाेलुङ्गे पुल बने पछि सुस्ता-५ (नारायणी पारी सुस्ता) जानका लागि पैदल मात्रै होइन मोटरसाइकलसमेत आवतजावत गरेका छन् । सुस्ता बचाउ अभियानका कार्यवाहक अध्यक्ष आदम खाँले मान्छे हिड्न बनाएको पुलमा बाइकमा हिड्दा पुल कमजोर हुने बताउनु भयो । " बाइकमा ३/४ जना चढेर हिडिरहेका छन् । त्यसले गर्दा पुल कमजोर हुन्छ कि ?" खाँले भन्नु भयो ।
सुस्ता ०५ का स्थानीय रबिन्द्र यादवले पुल पुर्खाको सपना भएको उल्लेख गर्दै पुर्खाले देखेको सपना पूरा भएको बताउनु भयो । "सस्पेन्सन ब्रेजका सुस्ताको ठूलो सपना पूरा भएको छ ।" यादवले भन्नुभयो ।
सुस्ता गाउँपालिका-५ मा (नारायणी पारी सुस्ता) मा २ सय ६५ घर धुरीमा करीब ३ हजार २ सय जना बसोबास गर्दछन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा