भोजपुरका पालिका मध्ये रामप्रसादको बेरुजु कम

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । भोजपुरका नौ वटा स्थानीय तहहरु मध्ये रामप्रसाद राई गाउँपालिकाको बेरुजु सवै भन्दा कम देखिएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०७९/८० को प्रतिवेदनमा रामप्रसाद राई गाउँपालिकाको बेरुजु रकम कम देखिएको हो ।

कार्यालयको ६१औँ वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसाररामप्रसादराई गाउँपालिकाको बेरुजु शुन्य दशमलव ४५ प्रतिशत देखिएको छ । अन्यपालिकाहरुमा पौवादुङ्मा गाउँपालिका दुई दशमलव २७ प्रतिशत, हतुवागढी गाउँपालिका एक दशमलव ४५ प्रतिशत, साल्पासिलिछो गाउँपालिका एक दशमलव १६ प्रतिशत, अरुण गाउँपालिका दुई दशमलव ३३ प्रतिशत, भोजपुर नगरपालिका शुन्य दशमलव ९१ प्रतिशत, षडानन्द नगरपालिका शुन्य दशमलव ५६ प्रतिशत, आमचोक गाउँपालिका दुई दशमलव १४ प्रतिशत र ट्याम्केमैयुङ गाउँपालिकाको दुई दशमलव २७ प्रतिशत बेरुजु देखिएको छ ।

ADVERTISEMENT

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा भोजपुरको रामप्रसादराई गाउँपालिका जिल्लामा प्रथम स्थानमा छ । महालेखाको प्रतिवेदन अनुसार बेरुजु रकम पुरै शुन्यमा झार्ने लक्षका साथ काम थालेको गाउँपाकिलाले जनाएको छ । शुन्य बेरुजुको लक्ष्यमा गाउँपालिका लागेको बताउँदै गाउँपालिका अध्यक्ष थाम बहादुर राईले बेरुजु शुन्य बनाउन सके सुशासन कायम गर्न गाउँपालिकालाई सहज हुने बताउनु भयो ।

महालेखाको प्रतिवेदन अनुसार बेरुजु हटाउन गरिने प्रक्रियाहरु सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।गाउँपालिकाले लिएको संकल्पमा आ-आफ्नो ठाउँबाट सहयोग गर्न पालिकाले आम सरोकारवालाहरुमा अपिल समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?