
लण्डन । इटालियन सिरी ए मा युभेन्ट्सले बोलोग्नासँग ३-३ को बराबरी खेलेको छ । सोमबार राती भएको खेलमा युभेन्ट्स ३-० ले पछि परेको थियो । दोस्रो हाफमा तीन गोल गर्दै हार टारेको हो ।
बराबरीसँगे दुवै टोलीले अंक बाँडेका छन् । बराबरीपछि युभेन्ट्स चौथो स्थानमा झरेको छ । ३७ खेलपछि युभेन्ट्सलाई पछि पार्दै बोलोग्ना तेस्रो स्थानमा उग्लियो । दुवै टोलीको ६८ अंक रहेको छ ।
च्याम्पियन इन्टर मिलानको ९३ अंक र दोस्रो स्थान पक्का गरेको एसी मिलानको ७४ अंक छ । रिकार्डो कालाफिओरीले दोस्रो र ५३औँ तथा कास्ट्रोले ११औँ मिनेटमा गोल गरेपछि घरेलु टोली बोलोग्नाले ३-० को अग्रता बनाएको थियो ।
फेडेरिको चिसाकाले ७६औँ मिनेटमा गोल गर्नुभयो । अर्काडिउस मिलिकले ८३औँ मिनेटमा ३-२ को अवस्थामा ल्याउनुभएको थियो । केनान यिल्डिजले ८४औँ मिनेटमा गोल गर्दै टोलीको सम्भावित हार टार्नुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच