काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ महिला कप क्रिकेटमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ ।
क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको हो ।
नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन बनाइन्। त्यस्तै अलिशा कुमारी यादव २० रनमा अविजित रहिन्। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।
भारतका लागि परुनिका सिसोडियाले सर्वाधिक ४ विकेट लिइन्। त्यस्तै आन्नदिता किशोर र मिथिला भीले १-१ विकेट लिए।
भारतले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
आइतबारदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली मलेसियासहित छ टोली सम्मिलित छन् ।
यसमा समूह ‘ए’मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् समूह ‘बी’मा नेपालसहित भारत र पाकिस्तान छन् ।
टोलीमा पूजा महतोको कप्तानीमा १५ सदस्यीय खेलाडी छन् । यसमा उपकप्तानमा सोनी पाख्रिनसहित साना प्रवीण, ज्यात्स्निका मरासिनी, कुसुम गोदार, एलिशाकुमारी यादव, सावित्री धामी र कृष्मा गुरुङ छन् ।
यस्तै, तिर्सना विश्वकर्मा, किरणकुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा र अनु कडायतसमेत टोलीमा अटाएका छन् । प्रतियोगिता यही पुस ७ गतेसम्म सञ्चालन हुनेछ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts