सहकारी बैंक २१ औँ वर्षमा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय सहकारी बैंक २१औँ वर्षमा प्रवेश गरेको छ । २०६० असार २५ गते भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत सहकारी विभागमा दर्ता भएको बैंकले २०६१ साउन १९ गतेदेखि सदस्य सहकारी संस्थासँग वित्तीय कारोबार सुरु गरेकोमा नेपाल राष्ट्र बैंकबाट २०६७ साउन १० गते बैंकिङ कारोबारको अनुमति पाएको थियो ।

सहकारी बैंकले शुक्रबार २१औँ वार्षिकोत्सव मनाएको छ । सरकारबाट एक करोड रुपैयाँ र सहकारी संस्थाबाट सेयरबापत उठाएको एक करोड गरी दुर्ई करोडबाट सुरु भएको बैंकको कुल सम्पत्ति ६५ अर्ब ९१ करोड ५५ लाख रुपैयाँ रहेको छ भने सेयर पुँजी ८० करोड ८० लाख रुपैयाँ पुगेको छ ।

ADVERTISEMENT

२०८० असार मसान्तसम्म सहकारी बैंकमा कुल सेयर सदस्य संख्या १६ हजार ६० पुगेको छ भने कुल ऋणी सहकारी सदस्यको संख्या दुई हजार चार सय ७४ रहेको छ । बैंकका अनुसार २०८० असार मसान्तसम्म कुल ५८ अर्ब २४ करोड ५९ लाख रुपैयाँ बचत रहेकोमा ३२ अर्ब ८८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने कुल संस्थागत पुँजी एक अर्ब १३ करोड ७१ लाख रुपैयाँ रहेको छ । विभिन्न कोषमा ५० करोड ४४ लाख रुपैयाँ रहेको छ । हाल बैंकको तरलता २१ अर्ब ५४ करोड ७४ लाख रुपैयाँ रहेको छ । बैंकले ६८ शाखा र केन्द्रीय कार्यालय गरी ६९ कार्यालयमार्फत् सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज