झापामा पछिल्लो २४ घण्टामा ८८. ६ मिलिमिटर वर्षा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

झापा । पछिल्लो २४ घण्टामा झापामा ८८.६ मिलिमिटर वर्षा भएको छ । यो समग्र जिल्लाको वर्षाको रेकर्ड हो । तर जिल्लाभर एकसाथ अहिलेपनि समान रूपमा वर्षा हुन सकेको छैन ।

शनिबार रातिदेखि झापाका अलगअलग स्थानमा फरकफरक समयमा वर्षा भएको हो। आइतबार बिहानैबाट पानी पर्ने र रोकिने क्रम जारी छ । मौसम बदली र आकाश पनि धुम्म छ ।

झापामा पश्चिमी वायु, स्थानीय वायु र भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार झापाका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का र मध्यम वर्षा हुन सक्ने सम्भावना कायमै छ । झापामा मध्याह्न १२ बजेसम्म मध्यम वर्षको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

झापामा आइतबार राति साधारण बदली रहनेछ । केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । झापाका एकदुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको छ ।

झापाको सदरमुकाम चन्द्रगढीमा दुई दिन अघि १७ मिलिमिटर वर्षा भएको थियोे । वर्षाले किसानलाई थोरै राहत मिलेको छ । उख्खुम गर्मी केही कम भएको छ । यद्यपि, लामो समयको खडेरीले कतिपय झापाली किसानले लगाएको मकै सुकेको थियो । चैते धानको उत्पादन घट्ने भएको छ ।

गौरादह नगरपालिका-९ बैगुनधुरा दहगाउँकी उमा कोइरालाले चैतेधानको लगानी उठेपनि आम्दानी नहुने बताउनुभयो । उहाँले कनकाई नहरको पानी तल्लो भागमा नआउदा र समयमा वर्षा नहुँदा किसान मर्कामा परेको बताउनुभयो ।

मेचीनगर नगरपालिका-१० निन्दाटोलका मदन पौडेलले राती परेको पानीले राहत मिलेको सुनाउनुभयो । उहाँले अहिले पनि माटो नभिजेको बताउनुभयो ।

सोही ठाउँका कृषक कृष्णबहादुर कार्कीले पानी समयमा नपर्दा धान राख्ने बिहाड जोत्न नपाइएको बताउनुभयो। उहाँले शनिबार दिउँसो खेतमा ट्याक्टर लगाउन गएपनि नजोतिएपछि त्यसै फर्काएको सुनाउनुभयो । गएरातिको पानीले जोतिनेसम्म भएको हुन सक्ने अनुमान उहाँको छ ।

ADVERTISEMENT

शनिबार रातिदेखि झापाका अलगअलग स्थानमा फरकफरक समयमा वर्षा भएको हो। आइतबार बिहानैबाट वर्षा रोकिएको पानी फेरि पर्न थालेको छ । मौसम बदली र आकाश पनि धुम्म छ ।

झापामा पश्चिमी वायु, स्थानीय वायु र भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमा महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार झापाका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का र मध्यम वर्षा हुन सक्ने सम्भावना कायमै छ । झापामा मध्याह्न १२ बजेसम्म मध्यम वर्षको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

झापामा आइतबार राति साधारण बदली रहनेछ । केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । झापाका एकदुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको छ ।

झापाको सदरमुकाम चन्द्रगढीमा दुई दिन अघि १७ मिलिमिटर वर्षा भएको थियोे । वर्षाले किसानलाई थोरै राहत मिलेको छ । उख्खुम गर्मी केही कम भएको छ । यद्यपि, लामो समयको खडेरीले कतिपय झापाली किसानले लगाएको मकै सुकेको थियो । चैते धानको उत्पादन घट्ने भएको छ ।

गौरादह नगरपालिका-९ बैगुनधुरा दहगाउँकी उमा कोइरालाले चैतेधानको लगानी उठेपनि आम्दानी नहुने बताउनुभयो । उहाँले कनकाई नहरको पानी तल्लो भागमा नआउदा र समयमा वर्षा नहुँदा किसान मर्कामा परेको बताउनुभयो ।

मेचीनगर नगरपालिका-१० निन्दाटोलका मदन पौडेलले राती परेको पानीले राहत मिलेको सुनाउनुभयो । उहाँले अहिले पनि माटो नभिजेको बताउनुभयो ।

सोही ठाउँका कृषक कृष्णबहादुर कार्कीले पानी समयमा नपर्दा धान राख्ने बिहाड जोत्न नपाइएको बताउनुभयो। उहाँले शनिबार दिउँसो खेतमा ट्याक्टर लगाउन गएपनि नजोतिएपछि त्यसै फर्काएको सुनाउनुभयो । गएरातिको पानीले जोतिनेसम्म भएको हुन सक्ने अनुमान उहाँको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?