भोजपुर । भोजपुरमा सोमवार भएको बोलेरो दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
विहान जिल्लाको दक्षिण आमचोक गाउँपालिका वडा नम्वर ८, खैराङमा बालंखाबाट चुवार पुल यात्रु बोकेर हिँडेको बोलेरो गाडी दुर्घटना भएको हो ।
दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी प्रहरी निरीक्षक दल कुमार राईले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइतेहरुलाई थप उपचारको लागि धरान पठाउन लागिएको प्रहरी निरीक्षक राईले बताउनुभयो । राईले भन्नुभयो, 'गाडीमा चालकसहित ९ जना रहेको भन्ने छ, थप आधिकारिक जानकारी आएको छैन ।'






